स्ववियु निर्वाचनको तयारी पूरा

करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । निर्वाचनका लागि त्रिवि नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । 

पटक–पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी संगठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । 

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ । 

स्ववियु निर्वाचन ०६५ सालदेखि यता नियमित हुन सकेको छैन । ०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि ०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो । 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १६:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया