नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अझै पनि नेपालमा कम्युनिष्टहरु लोकप्रिय रहेको दाबी गर्दै विचार मिल्नेहरुसँग गठबन्धन हुनसक्ने बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग गठबन्धन सम्भव नरहेको बताए ।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन।’
संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षामा जोड दिए ।
संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा रहेको भन्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।