अछाममा किशोरी करणीको आरोपमा एकजना पक्राउ परेका छन्।
शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको हो।
करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए।
घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।