चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । उनी रेजिना उप्रेतीलाई हराउँदै संघको अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचित निरौलाले २३५ मत ल्याए । उनकी निकटतम् प्रतिद्वन्द्वी उप्रेतीले २०९ मत ल्याइन् । निरौलाले यसअघि उपाध्यक्ष, महासचिव र सदस्य भएर काम गरिसकेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि उनले कलाकारका हकहित र पेशागत सुरक्षाका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् । निर्वाचनमा ४ सय ६८ मत खसेको थियो ।
शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य विजयी भए ।
सदस्यमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।