सेयर बजारमा ६.९० अंककाे गिरावट

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।  

यस्तै, सेन्सेटिभ इन्डेक्समा १.५२ अंकले घटेर ३६३.२६ विन्दुमा आएको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

मानुसी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुभम् पावरको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीले सर्वाधिक कमाएको छ ।

यता, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । 

आइतबार  १३ उपसूचकमा ५ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १५:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया