रेसुङ्गा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे

गुल्मी सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे विजयी भएका छन् । 

उनी एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई हराउँदै स्ववियु सभापतिमा विजयी भएका हुन् ।

सोमबार राति सम्पन्न मतगणनाको परिणामअनुसार विजयी घिमिरेले ३९५ मत ल्याएका रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले जानकारी दिए । 

उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत मात्र ल्याए ।  सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनका ३८५ मतका साथ विजयी भइन् । 

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् । क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ७:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया