आइतबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य सोमबार घटेको छ ।
आइतबारको तुलनामा आज प्रतितोला सात सय रूपैयाँ घटेर एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर एक हजार ३३० रूपैयाँ कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।