सिरहामा चुरे अभियानीको विरोध प्रदर्शन

चुरे तथा वनजंगल संरक्षण अभियानहरूले सिरहामा विरोध प्रदर्शन गरेका छन् । भूमि अधिकार तथा चुरे वनजंगल संरक्षणलगायतको पाँचसूत्रीय मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानहरूले सोमबार सिरहाको सदरमुकाम सिरहामा विरोध प्रदर्शन गरेका हुन् । 

जनआवाज आन्दोलनअन्तर्गत अभियानका सह–संयोजक शनिचरि देवीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए । 

संयोजक यादवले प्रदेश सरकारसँग भूमि व्यवस्थाको अधिकार हुँदाहुँदै केही गर्न नसक्नु सरकारको निक्कमापन रहेको आरोप लगाए । उनले निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्याप्रति गम्भिर नरहेको आरोप समेत लगाए ।

चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच विगतमा भएको सातबुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधिउपर तत्काल रोक लगाउनुपर्ने र दिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्नेलगायतका माग अघि सार्दै आइरहेका छन् ।

भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भन्दै सुकुम्बासी आन्दोलनकारी फागुन ११ गतेदेखि जनकपुरधामको जनकचोकमा धर्नामा बसेका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १७:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया