रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अनौपचारिक वार्ता सुरु भएको छ।
तीनदिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सीसँग पुटिनले क्रेमलिनमा अनौपचारिक वार्ता सुरु गरेका हुन्।
मंगलबार उनीहरुबीच द्विपक्षीय औपचारिक वार्ता हुने र दुई संयुक्त वक्तव्य जारी गर्ने कार्यतालिका छ ।
सी र पुटिनले सैन्य तथा उर्जा क्षेत्रमा रणनीतिक सहकार्यका विषयमा छलफल गर्ने बताइएको छ। उनीहरुले एक दर्जन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।
युक्रेन मामिलामा चीनले मध्यस्थता गर्ने चर्चा छ । सोही चर्चाको बीचमा सीको मस्को भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।