उपनिर्वाचनका लागि दल दर्ताको आह्वान : पाँच दिनको समय

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपजिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले मंगलबार सूचना जारी गर्दै संविधानको धारा २७१ बमोजिम १० वैशाखमा हुने उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।

उपचुनावमा भाग लिन चाहने दलले बुधबारदेखि यही १२ गतेसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । ५ चैतसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिनसक्ने आयोगले जनाएको छ ।  

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको ५ चैतसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको मुख्य कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आयोगले अनुरोध गरेको छ । 

उपचुनाव प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र नम्बर–२ को उपचुनावमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो १० वैशाखमा उपचुनाव हुँदैछ । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएका हुन् । 





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार ८:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया