सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गएराति शंकर रानाको किराना पसलमा एक्कासि आगलागी हुँदा पाँचजना घाइते भएको हो ।
आागलागीमा परी पसल सञ्चालक कुमाख गाउँपालिका–४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
घाइतेको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके रेफर गरिएको उनको भनाइ छ ।
घाइते पाँच जनामध्ये शंकर, यज्ञ जीवन र सञ्जीवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।