नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालयलगायत विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादी पार्टीले सोमबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो ।
प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एसले तीनवटा मन्त्रालयमा दाबी गरेको छ । आजको बैठकले त्यस विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।