कंगोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु
फाइल तस्बिर

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट एक दिनमा कम्तीमा पनि २१ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीले हमला गरेका थिए । उनीहरूले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका हुन् ।

इतुरीको एक गाउँमा उनीहरूले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसाधारणको ज्यान गएको हो ।  

त्यस्तै, उत्तरी किभुमा पनि उनीहरूले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका छन् । उनले पछिल्ला केही हप्तामा पूर्वी कङ्गोका कैयौँ स्थानमा सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ ।  





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १३:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया