न्यूनतम साझा कार्यक्रम ल्याएर मात्रै कांग्रेस सरकारमा जानुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। मंगलबार गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गर्नुपर्ने उनको माग छ ।  न्यूनतम साझा कार्यक्रम तय गरी सत्ता साझेदार दलका बीचमा छलफल गराउनुपर्ने उनले बताए। 

उनले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्नेमा जोड दिए। उनले भने, ‘सहभागी हुनुभन्दा पहिले गठबन्धनका दलबीच छलफल गरी न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ। त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’

मुलुकको आर्थिक अवस्था संकटोनुमुख हुँदै गएको र दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरलाई जीविकोपार्जन गाह्रो भइसकेको भन्दै उनले यस्ता समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रममा बनाइनुपर्नेमा जोड दिए।

गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको भन्दै उनले कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धनमा आबद्ध दलमाझ लैजानुपर्ने बताए।





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १६:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया