जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाले बैठक बोलाएको हो ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो । बैठकमा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । 

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् ।  





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १६:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया