बारा २ मा उपेन्द्रलाई काउन्टर दिन उम्मेदवार खोज्दै सिके

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बारा संघीय २ मा हुने उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार उठाउने तयारी गरेको छ ।

बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपेन्द्र यादव उम्मेदवार बनन लागेका छन् । यादवलाई कांग्रेस माओवादीलगायत सत्तारुढ ठूला दलको समर्थन छ । 

तर, वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तागठबन्धनमै रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ । 

‘गठबन्धन सरकार बनाउनका लागि मात्रै भएको र चुनावका लागि गठबन्धन बनाउनु उपयुक्त नहुने सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको भनाइ छ । गठबन्धनमा आफ्नो पार्टीले पनि कुरा राख्ने, सहमति नभए पनि उम्मेदवार उठाउने उनले बताए । 

उपराष्ट्रपतिको निर्वाचनमा पनि जनमतले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरी आफ्नै पार्टीकी सांसद ममता झालाई उम्मेदवार बनाएको थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १७:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया