राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।
नेपाल शिक्षक संघका पदाधिकारीसँगको भेटमा आज राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक रहेको बताए। त्यसका लागि संघले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उनले शिक्षा नै विकासको मूल आधार भएकोले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्ने बताए।
पौडेलले शिक्षाको सुधार बेगर मुलुकमा हित नहुने पनि बताएको संघका अध्यक्ष राजेन्द्र पौडेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।