अफगानिस्तान भूकम्प : १२ जनाको मृत्यु, सयौं घाइते
फरकधार / ८ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मंगलबार राति भएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छ ।  



अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले मृत्यु भएकासम्वद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको मृत्यु भएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।  



भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । 



उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा ९ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।



भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ । धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको थियो अस्पताल प्रशासनले बताएको छ । 

उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । 



पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 



  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १२:३७:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया