अस्ट्रेलियामा नेपाली विद्यार्थी समस्यामा परेकोमा इक्यानको ध्यानाकार्षण, समाधानकाे पहल गर्ने

काठमाडाै‌– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थी सो कलेजलाई बन्द गरिदिने अस्ट्रेलियन क्वालिटी अथोरिटी (अस्क्वा) को निर्णयबाट समस्यामा परेको भन्ने विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

बिहीबार प्रेस विज्ञप्ति निकाल्दै इक्यानले आफ्ना सदस्य कम्पनीहरुलाई आफूले प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्थाका विषयमा त्यसको सरकारी मान्यता, सम्बन्धन तथा स्वीकृतिका सम्बन्धमा सुनिश्चित हुन तथा सोको यथार्थ सूचना सेवाग्राही विद्यार्थी तथा अभिभावकलाई औपचारिक रुपमा आपसी सम्झौताका माध्यमबाट गराएर मात्र परामर्श सेवा प्रदान गर्न बारम्बार निर्देशन गरेको उल्लेख गरेको छ । यसका साथै, आफ्ना सदस्य नरहेका परामर्शदाताहरुलाई पनि सोहीअनुरुप सेवा प्रदान गर्न कडाइ गर्न सम्बन्धित नियामक निकायसँग माग गरिरहेको इक्यानले स्मरण गरेको छ । 

हाल समस्याको रुपमा आएको एआइबिटीसँग सम्बन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवं मान्यता तथा लगानीको सुरक्षाका विषयमा त्यसको समुचित समाधानका लागि आफ्नो तर्फबाट पहलकदमी गर्ने इक्यानको प्रतिबद्धता छ । यसका लागि इक्यानले आफूले गर्ने पहलकदमीका कार्यहरु ८ बुँदामा सार्वजनिक गरेको छ । 

इक्यानको प्रेस विज्ञप्ति:

 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार २१:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया