बैतडीका तीन क्याम्पसमा नेविसंघको ऐतिहासिक जित

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका बैतडीका तीनवटा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको हो ।

नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन् । यसले दिनरात नभनेर आफू खटेको मिहिनेतको प्रतिफल प्राप्त भएको रूपमा लिएको उनले बताए ।

‘यो जितका लागि अहोरात्र खटेर सहयोग गर्ने सबै साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । उहाँहरूकै सहयोगले हामीले जिल्लामा सहजरूपमा जित निकाल्न सकेका हौं,’ अध्यक्ष केसीले भने ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पुर्चुडी बहुमुखी र सिगास शिक्षा क्याम्पसमा नेविसंघले नै जित हासिल गरेको थियो ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २०:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया