दाङको जनता क्याम्पसमा सहमतिबाट स्ववियु चयन

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता क्याम्पस बिजौरीमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सहमतिबाट चयन गरिएको छ । फागुन ३० मा नेविसंघले विभिन्न माग राख्दै तालाबन्दी गर्दा निर्वाचन स्थगित भएको थियो ।

बुधबार ताला खोली सबै संगठनहरुले सहमतिका आधारमा विभिन्न पद बाँडफाँट गरी निर्वाचन समितिमा पेस गरेका कारण प्रक्रिया पुर्‍याई निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत श्रीराम थारुले जानकारी दिए ।

जसअनुसार अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षमा रितेश चौधरी र उपाध्यक्षमा विमलराज बुढा चयन भएका छन् ।

सचिवमा नेविसंघबाट रमेशकुमार भट्टराई र कोषाध्यक्षमा अखिल क्रान्तिकारीबाट गोपालकुमार विक चयन भएका छन् ।

यस्तै, सहसचिवमा नेविसंघका शिवहरि शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा अनेरास्ववियुका मुकेश अधिकारी, देवराज यादव, नमराज पौडेल तथा नेविसंघका तिलक रिजाल, पवन शर्मा र उद्धव पोख्रेल निर्वाचित भएको क्याम्पस प्रमुख योगराज शर्माले बताए ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २०:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया