काठमाडौं– भारतले पाकिस्तान बगेर जाने तीन नदीको पानी रोक्ने ‘ठूलो’ घोषणा गरेको छ । भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले यो दीर्घकालीन योजना भएको र यसको सिन्धु नदी सन्धीसँग कुनै लेनदेन नभएको भारतीय मिडियाहरुलाई बताएका छन् ।
भारतीय मिडियामा आएअनुसार पुलावामा आक्रमण पछि भारतले यो निर्णय गरेको हो । तर, गडकरीले यो निर्णय र पुलवामा घटनाको कुनै सम्बन्ध नभएको स्पष्टिकरण दिएका छन् ।
‘रावी, सतलज तथा ब्यास नदीको पानी ड्याम बनाएर रोकिनेछ,’ गडकरीलाई भारतीय मिडियाले उद्धृत गरेका छन्, ‘अरु दुई यस्ता ड्याम बनाउने कुरा केही दिनमै क्याबिनेटमा अर्को निर्णय गरिनेछ ।’
यसभन्दा पहिले नै गडकरीले भारत–पाकिस्तान बाँडिएपछि बाँडिएका ६ नदीमा आफ्नो भागमा परेका तीन नदीको पानी फर्काउने बताएका थिए ।
भारत र पाकिस्तानबीच भएको सिन्धु जल सन्धीले चाहिँ यी दुई देशलाई नदीको पानी साझारुपमा बाँड्न बाध्य बनाउँछ ।
यो सन्धी सन् १९६० मा भारतका प्रधानमन्त्री जवाहारलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयूब खानबीच भएको थियो । सन्धीले सिन्धु नदीका सहायक नदीलाई पूर्वी र पश्चिमी नदीका रुपमा बाँडेका थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।