विज्ञापनका कारण आलोचना खेपेपछि करिश्माले स्वीकारिन् गल्ती

एउटा विज्ञापनमा गरेको अभिनयलाई लिएर आलोचना बढेपछि अभिनेत्री करिश्मा मानन्धरले त्रुटी स्वीकार गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शक झुक्याउने मनसाय नरहेको उल्लेख गर्दै आगामी दिनमा आफ्नो कामलाई सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरेकी छन् । 

करिश्माले निर्माण र अभिनय बेग्लाबेग्लै पाटो भएकाले कलाकारले आफ्नो सीमामा रहेर काम गर्नुपर्ने पनि उल्लेख गरेकी छन् । उनले पोस्ट गरेको विज्ञापनमा निर्माण शैलीभन्दा करिश्माको अभिनयलाई लिएर आलोचना भएको थियो । 

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिनय परिपक्व नभएको भन्दै टिप्पणी गरेका थिए । केही प्रयोगकर्ताले त करिश्मा सिकारु कलाकार भएकोसमेत लेख्न भ्याएका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ११:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया