धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) कविराज श्रेष्ठ निर्वाचित भएका छन् ।
उनी बुधबार भएको निर्वाचनमा ३६५ मतका साथ श्रेष्ठले निर्वाचित भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका आमोश थापा तामाङले १६० मत ल्याए ।
नीलकण्ठमा प्यानल नै नेविसंघका उमेदवार विजयी भएका छन् । सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा सीता सापकोटा निर्वाचित भए ।
सदस्यहरूमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, डिलमान तामाङ, सन्तोष सारूमगर, सन्तोष ढुंगाना, सुमनबाबु खनाल विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।