शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार डा. नीरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।’

त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा.डा. सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए ।





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १७:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया