नेपाल कमर्स क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुने

नेपाल कमर्स क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

त्रिविको निर्देशन बमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति अनुसार चैत ११ गते निर्वाचन हुने भएको हो । 

शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको क्याम्पस प्रमुख प्राध्यापक ध्रुव प्रसाद सिलवालले जानकारी दिए । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।

निर्वाचन कार्यलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २२:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया