नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन पुनः स्थगित

नेपाल कमर्स क्याम्पस मीनभवनको स्ववियु निर्वाचन पुनः स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै शनिबार हुने भनिएको निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

निर्वाचनसम्बन्धी कामकारबाही अघि बढाउने क्रममा असहज र असामान्य परिस्थिति सिर्जना भएको भन्दै क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवालले दोस्रोपटक निर्वाचन स्थगित गरेका हुन् । 

क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत लालबहादुर बस्नेतले संयुक्त हस्ताक्षरसहित अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरेका हुन् । 

सूचनामा स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको चैत ११ गते बसेको संयुक्त बैठकले निर्वाचन स्थगित गरेको जनाइएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १८:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया