भीम रावलले भने– नयाँ पाइला चाल्न सक्छु
फाइल तस्बिर

नेकपा एमालेका नेता भीम रावलले आफू एमालेमा रहन अन्तिमबिन्दुसम्म प्रयास गर्ने बताएका छन् । 

पार्टी नेतृत्वले बेवास्ता गरेपछि रावलले यस्तो बताएका हुन् । उनले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्नसक्ने बताए ।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु,’ मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलन रावलले भने ।

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि भीम रावलले पार्टीमा असहयोग गरेको आरोप लगाएका थिए । रावलले भने आफूलाई उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको गुनासो गरे ।

‘यदि मलाई विष्णु पौडेलले म आउँदैछु भनेको भए निश्चित रुपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ रावलले भने । 
 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १०:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया