यू–१६ क्रिकेटका लागि धनुषाको टोली घोषणा

जिल्ला क्रिकेट संघ धनुषाले यू–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । प्रदेशस्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ धनुषाले खेलाडी छनोट गरी १८ जनाको नाम सार्वजनिक गरेको हो । 

अलि अक्बर अन्सारीको कप्तानीमा १८ सदस्यीय टोली छनोट गरिएको क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए ।

टिममा कप्तान अलि अक्बर अन्सारीसहित अभिजीत यादव, अक्षर दत्त, अरमान राईन, चन्दन यादव, लव राजु साह, मो. सदीक रेजा, मो। आयन अख्तर, नीर साह, राजेश दास, रोहन यादव, रोशन यादव, रूपेश यादव र साजन यादव रहेका छन् । 

त्यस्तै, सञ्जय यादव, सोहिल राईन, सनी साह र साइमन रायलाईसमेत टिममा समावेश गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । टिमको प्रशिक्षकमा अंसारूल राईन र म्यानेजरमा मोहम्मद अथरलाई तोकिएको हो ।    





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार २२:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया