\
अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचनको मिति पुनः सरेको छ । अस्कलमा निर्वाचनको मिति सारेर यही चैत २४ गते पुर्याइएको छ ।
यसअघि चैत १८ गतेका लागि निर्वाचन मिति तोकिए पनि चुनावको तयारी नपुग्ने भन्दै विद्यार्थी संगठनहरूको आग्रहमा मिति सारेर चैत २४ गते चुनाव गराउने निर्णय भएको हो ।
यसअघि चैत ५ गते निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट उच्च अदालत पाटनमा रिट दायर गरिएका थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी भएपछि क्याम्पसले चैत १८ मा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर, उक्त मिति पनि पुनः सरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।