सत्ता गठबन्धन बैठक : मन्त्रालय भागबन्डा टुंगियाे, रास्वपालाई समेटिएन

बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनकाे बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएकाे छ । 

जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी (जसपा)लाई दुई मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा)लाई एक, नेपाल समाजवादी पार्टीले एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको छ ।

मन्त्रालयको संख्याको टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्नेबारे केही बताइएकाे छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने मनसाय राखेका छन् ।
 
माओवादीले गृह मन्त्रालय पाएपछि अर्थ मन्त्रालय कांग्रेसकाे भागमा पर्ने प्रबल सम्भावना छ । गृहमा एकीकृत समाजवादीले पनि दाबी गरेकाे छ । 

सरकारलाई विश्वासकाे मत दिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे भागमा कुनै पनि मन्त्रालय छुट्याइएको छैन । रास्वपाले सरकारमा जाने संकेत गरेकाे छ । 

त्यसका लागि उसले कांग्रेस र एमालेसँग संवाद जारी रहेकाे बताएकाे छ । (रास्वपा)का सांसद सन्तोष परियारले भने,'अहिले हाम्रा लागि उपचुनाव महत्त्वपूर्ण छ,'उनले भने, 'संवाद जारी छ तर टुंगिएको छैन । मलाई लाग्छ आज/भोलिमा टुंगिन्छ ।’





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १८:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया