नागरिक उन्मुक्तिले माग्यो उपप्रधानसहित एक मन्त्री र एक राज्यमन्त्री

नागरिक उन्मुक्ति पार्टीका नेताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । 

सरकारमा सहभागी हुन तयारी गरिरहेको सो पार्टीले उपप्रधानसहित एक मन्त्री र एक राज्यमन्त्रीमा दाबी गरेको छ । प्रधानमन्त्रीले भने सो पार्टीलाई एक मन्त्रालय दिने तयारी गरेका छन् । 

नाउपाबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा सहभागी हुने सम्भावना छ । यद्यपि कसलाई पठाउने भन्नेबारे पार्टीले कुनै निर्णय गरेको छैन । 

बिहीबार पुनः प्रधानमन्त्रीसँगको छलफलबाट मन्त्रालयबारे टुंगो लाग्ने एक सांसदले बताए । मन्त्रीभन्दा आफूहरुको जोड टीकापुर घटनामा जेल हालिएकाहरूको रिहाइमा रहने उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार २०:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया