टुंगियाे मन्त्रालयको भागबण्डा, कुन मन्त्रालय कसकाे भागमा ?

सत्ता गठनबन्धनकाे बैठकले दलहरूले पाउने मन्त्रालयको भागबण्डाका टुंगाे लगाएकाे छ । जसअनुसार नेपाली कांग्रेसकाे भागमा आठ, नेकपा माओवादी केन्द्रकाे भागमा पाँच, एकीकृत समाजवादी र जसपाकाे भागमा दुइ–दुइ मन्त्रालय परेकाे छ । अन्य पार्टीकाे भागमा एक–एक मन्त्रालय परेकाे छ ।

सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ । त्यस्तै, माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

स्राेतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १६:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया