जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई शिक्षा मन्त्री बन्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राईको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत पठाइसकेका छन् ।
आफ्नो भागमा परेको अर्को मन्त्रालयका लागि भने जसपाले नाम टुंगो लगाउन सकेको छैन । अर्को मन्त्रालयका लागि राजकिशोर यादव र प्रदीप यादवको दाबी रहेको बताइएको छ ।
भागबन्डा मिलाउन नसक्दा आज जसपाबाट एकजनाले मात्र मन्त्रीको शपथ लिने सम्भावना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।