प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपालले जितेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा लाओसविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै उपाधि जितेको हो ।
नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक/एक गोल गरे । खेलमा लाओसले १७ औँ मिनेटमा फोउचाङभोङ साङ्भिले सुरुआती अग्रता लियो । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि उनले गोल गरेका थिए ।
२२ औँ मिनेटमा आयुष घलानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा मनिषले निर्णायक गोल गर्दै नेपाललाई २–१ को जित जित दिलाए ।
नेपालले अपराजित रहँदै उपाधि जित्यो । योसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । उपविजेता लाओसले ३ हजार डलर पाउनेछ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो । दोस्रो खेलमा भने नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।