इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हराएको छ ।
गएराति सम्पन्न खेलमा आर्सनलको जितमा गाब्रिएल जेससले दुई, बेन ह्वाइट र ग्राइन्ट जाकाले एक/एक गोल गरे । रासमस क्रिस्टेनसेनले एक गोल फर्काए ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा जेससले ३५औँ मिनेटमा पेनाल्टीबाट आर्सनललाई सुरुआती अग्रता दिलाए । बेन ह्वाइटले ४७औँ मिनेटमा गोल गरेपछि आर्सनल २–० ले अगाडि बढ्यो ।
जेससले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ३–० को अग्रता पायो । लिड्सका रासमस क्रिस्टेनसेनले ७६ औँ मिनेटमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । तर, ग्राइन्ट जाकाले ८४औँ मिनेटमा गोल गर्दै आर्सनललाई ४–१ को सानदार जित दिलाए ।
यो जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । अब लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध पुनः ८ अंकको अग्रता कायम राखेको छ ।
सिटी २८ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।