मञ्जु शर्माले लिइन् सांसद पदको शपथ

जनता समाजवादी पार्टी (जसपा) मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ ग्रहण गरेकी छन् । उनलाई आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको निधन भएपछि एक पद रिक्त भएको थियो ।

जसपाले गत २ चैतमा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरेको थियो ।  





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार ११:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया