नेपाली कांग्रेसले आउँदो १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने भएको छ ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा जसपाकाअध्यक्ष उपेन्द्र यादव यादवलाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आसन्न उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
यस्तै, बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन् । बारा–२ मा एमालेले भने उम्मेदवार टुङ्ग्याउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।