साताभर सुनचाँदीको भाउमा उतार–चढाव

काठमाडौं– यो साता सुनचाँदीको भाउमा उतार–चढाव रह्यो । आइतबारदेखि बुधबारसम्म सुनचाँदीको मूल्य वृद्धि भएता पनि अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार बजार खुल्दा सुन प्रतितोला ६२ हजार ५ सयमा कारोबार भएको थियो । त्यसलगत्तै, बुधबारसम्ममा प्रतितोला ८ सयले बढेर ६३ हजार ३ सयमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नु तथा अमेरिका र चीनबीच व्यापारिक वार्ता अनिश्चित देखिँदा सुनको भाउ बढेको हो । 

बिहीबार प्रतितोला २ सयले कमी आई ६३ हजार एक सयमा कारोबार भएको थियो । शुक्रबार भने थप ५ सयले घटेर ६२ हजार ६ सय प्रतितोलामा कारोबार भयो । सुनको मूल्य घट्नुमा शुक्रबार अमेरिका र चीनबीच व्यापारिक सम्बन्धमा केही सुधार देखिनुले काम गरेको हो ।  

यता, चाँदी पनि आइतबार प्रतितोला ७ सय ७५ रहेको भाउ शुक्रबारसम्म आइपुग्दा उचार–चढावकाबीच सोही रुपैयाँमा कायम रह्यो ।  





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १७:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया