चितवन क्षेत्र नम्बर २ मा दुईजनाकाे उम्मेदवारी फिर्ता

चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशित गरेको हो। 

चितवन-२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार उम्मेदवारी दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवार हुने भएका छन्। 

यसअघि साे क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरण देखाएर उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो।





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १५:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया