फेरि स्थगित भयो अस्कलको स्ववियु निर्वाचन

शुक्रबार हुने भनिएको अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । असहज परिस्थितिको कारण देखाउँदै निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठले भोलिको निर्वाचन स्थगित गरेका हुन् । 

निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठले केही विद्यार्थी संगठनबाट मतदान र मतगणना प्रतिनिधिको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरेका हुन् । 

चैत ५ मा निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनले अमृत क्याम्पसलगायतमा सर्वपक्षीय सहमतिका आधारमा तत्काल निर्वाचन गराउनआदेश जारी गरेको थियो । सोहीबमोजिम चैत १८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो । विद्यार्थी संगठनहरुले सो मितिमा तयारी नपुगेको भन्दै २५ गतेका लागि निर्वाचनको मिति तय गर्न आग्रह गरेका थिए । 

बिहीबार बिहान मात्रै चार विद्यार्थी संगठनले अस्कल र पाटन संयुक्त क्याम्पसमा यसअघि तोकिएकै मितिमा र अन्य क्याम्पसमा ३० गते निर्वाचन गराउने सहमति गरेका थिए । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार २१:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया