\
पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुन लागेको छ । करिब ७ हजारभन्दा बढी विद्यार्थी रहेको पाटन क्याम्पसमा सभापतिका लागि मात्रै आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गर्दा पाटनसहित १७ वटा क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
विद्यार्थी संगठनको अवरोध तथा तालाबन्दीका कारण निर्वाचन हुन नसकेका बाँकी क्याम्पसहरूमा यही ३० चैतमा निर्वाचन हुने तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।