\
ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् ।
२ हजार ६७९ मत खसेकोमा निर्वाचित विष्टले ८४१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत ल्याए । त्यस्तै, ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो भए ।
नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) भने ३४६ मत मात्र प्राप्त गरे । सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए ।
पाटन क्याम्पसमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ) लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पाटन क्याम्पसमा ५ चैतमा हुन नसकेको स्ववियु निर्वाचन २५ चैतमा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।