नख्खु विस्फोटमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले शुक्रबार नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन्।

घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ की प्रतीक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ । 

नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

घाइतेका परिवारजनले घटनाका दोषीलाई छिटो कारबाहीको दायरामा ल्याउन आग्रह गरेका थिए । गृहमन्त्री थापाले देशैभर भएका घटनाप्रति दुस्ख व्यक्त गर्दै सरकार गम्भीर रहेको बताए । थापाले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए ।





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार १४:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया