विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

गुवाहाटी- भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २ सय जना बिरामी भएर अस्पतालमा रहेका अधिकारीहरूले शनिबार जनाएका छन् । मृत्यु भएका र बिरामी भएका सब चिया मजदुर रहेको बताइएको छ । 

‘हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार गोलाघाटमा गत बिहीबार रातिदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ,” असमको गोलाघाट जिल्लाका उपआयुक्त धिरेन हाजरिकाले भने ।  

अर्का सरकारी अधिकारीले छिमेकी जिल्ला जोरहाटमा विषाक्त मदिरा सेवनका कारण १९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । देशको उत्तरपूर्वी राज्य असममा भएको घटनामा मदिरा सेवनकर्ताहरूको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका र बिरामी भएकामध्ये धेरैजना महिला रहेका छन् । 

‘बिरामी भएकामध्ये धेरैले बान्ता गर्दै अस्पताल आएका थिए, अत्यधिक पीडा भएको र श्वासप्रश्वासमा गाह्रो भएको बताएका थिए,’ अस्पतालका एकजना चिकित्सक रातुल बरदाेलाेइले भने । 

असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन् । प्रदेश प्रहरीले घटनामा दोषी भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार १४:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया