\
अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी स्ववियु सभापति निर्वाचित भएका हुन् ।
उनले अनेरास्ववियुका कमल जोशीलाई नाै मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।
यसअघि ०६५ सालमा भएको निर्वाचनमा साे क्याम्पसमा अनेरास्ववियुले जितेको थियो । अस्कलमा पहिलोपटक क्रान्तिकारीले जितेको हो ।
साे क्याम्पसमा २०५३ सालकाे निर्वाचनमा नेविसंघबाट प्रदीप पाैडेल स्ववियु सभापतिमा निर्वाचित भएका थिए । अन्य वर्ष भने अनेरास्ववियुले जित्दै आएको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।