जयन्त चन्दसहित १८ नेताले त्यागे राप्रपा

काठमाडौं– पूर्वमन्त्री जयन्त चन्दसहित १८ नेताले राप्रपा परित्याग गरेका छन् । जयन्त पूर्वप्रधानमन्त्री तथा राप्रपाका पुराना र बलिया नेता लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

चार दिनपछि राप्रपाले संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दैछ । यात्राको मुखैमा आएर चन्दसहितका नेताले राप्रपाबाट अलग भएको घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अर्कातर्फ, छोरा जयन्तको बहिर्गमनपछि पार्टीमै रहेका लोकेन्द्रबहादुर चन्दको कदम के होला भन्ने पनि चासोको विषय बनेको छ । 

जयन्तसँगै भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनिया, सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा त्यागेका छन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार २०:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया