म्याग्दीको बेनी नगरपालिकामा मोटरसाइकलले ठक्करबाट चितुवा मरेको छ । बेनी–१ रत्नेचौरको घैयारामा मंगलबार साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो ।
सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा एक्कासि ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीका राजेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० केजीको चितुवाको उमेर २ वर्ष अनुमान गरिएको छ । मोटरसाइकल चालक भने सुरक्षित नै रहेका प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।