धेरै लेख्दैमा सफल होइँदैन, थोरै लेखेरपनि सफल भइन्छ : वरिष्ठ साहित्यकार श्रेष्ठ

काठमाडौं– त्रियोग माध्यमिक विद्यालय र टोखा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’को प्रथम संस्करण सम्पन्न भएको छ ।

त्रियोग माध्यमिक विद्यालय परिसरमा आयोजना भएको उक्त महोत्सवमा देशका ख्यातिप्राप्त साहित्यकारहरूको उपस्थिति रहेको थियो । विभिन्न विद्यालयका बालबालिका, किशोर–किशोरी तथा शिक्षक–शिक्षिका र आगन्तुक लक्षित २० भन्दा बढी क्रियाकलाप रहेको उक्त महोत्सव सफल भएको आयोजकको दाबी छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता खालका साहित्यिक महोत्सवले बालबालिकाहरूलाई साहित्यप्रति झुकाव बढ्ने विश्वास दिलाए । उनले भने, ‘साहित्य त्यस्तो चिज हो,जो धेरै लेख्दैमा सफल हुने कुरा होईन, थोरै लेखेर पनि सफल भईन्छ।’ साहित्य समाजको विम्बको रूपमा रहेकोले यसको महत्व धेरै रहेको उनको भनाई थियो । 

आयोजकमध्येको एक त्रियोग माध्यमिक विद्यालयका कार्यकारी निर्देशक अजित लामाले बालबालिकाहरूको सर्वाङ्गिन विकासको लागि यो महोत्सव कोशेढुँगा सावित भएको स्पष्ट पारे । उनकाअनुसार आजको महोसत्वमा २८ भन्दा बढि विद्यालयबाट बालबालिकाहरूको सहभागिता रहेको थियो ।

 महोत्सवमा विभिन्न विधाका लेखकहरू, शिक्षाविदहरू, निती निर्माताहरू र साहित्यप्रेमीहरूको बाक्लो उपस्थिती रहको थियो ।

त्यस्तै महोत्सवमा कथा र कविता वाचन, चलचित्र, खेल तथा मनोरञ्जनात्मक प्रतिस्पर्धाहरू, कार्यशाला, बहस, लेखक अन्र्तकृया तथा स्थानीय सांस्कृतिक गतिविधीहरू समेत गरिएको  विद्यालयका प्राचार्य निलाद्री परियालले जनाए । 



आयोजकमध्येको एक टोखा नगरपालिकाका प्रतिनिधि मधुसुदन पाण्डेले दिएको जानकारीअनुसार उक्त महोत्सवमा करिब चार हजार भन्दा बढिको सहभागिता रहेको थियो । उक्त महोत्सवमा टोखा नगरपालिका, ब्रिटिस काउन्सील, स्पोकन वर्डस, वन्यजन्तु संरक्षण नेपाल, बाल कला संग्रहालय तथा स्थानीय संघसंस्थाको समेत सहभागिता रहेको थियो ।  

शिक्षाविदहरू र संघ/संस्थाहरूको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी विशेष बहस पनि सम्पन्न भएको आयोजकले जनाएको छ । शिक्षामूलक कार्यक्रममार्फत स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारमा त्रियोग माध्यमिक विद्यालयले विशेष पहल गर्न लागेको हो ।



कार्यक्रममा साहित्यकारहरू नयनराज पाण्डे, दीपा बोहोरा, त्रेलोक्य बजगाँई, सञ्जिबिनी योञ्जन, रोचक दाहाल, लोकनाथ गुरागाँई र वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनीहरूले बाल साहित्य सिर्जनाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १०:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया