पाँच वर्षदेखि फरार पूर्ववडाध्यक्ष घरबाटै समातिए

महोत्तरीको जलेश्वर नगरपालिकाका एक पूर्ववडाध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । पाँच वर्षदेखि फरार रहेका जलेश्वर–१२ का पूर्ववडाध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

४ वैशाख २०७५ मा महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष ०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए । तर, वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।
    
लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् पाँच वर्षदेखि फरार रहँदै आएका ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

उनलाई अब महोत्तरी जिल्ला अदालतमा पेस गरिनेछ । 





  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १३:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया